वडा अध्यक्ष राजेश बानियाँले एम्बुलेन्स दिनेभए

बाइलाइन नेपाल
७ पुष २०७६, सोमबार १६:२९

हेटौंडा । व्यवसाय मार्फत् समाजसेवा हुँदै राजनीतिमा आएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँले सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरलाई एम्बुलेन्स सहयोग गर्ने भएका छन् ।

केन्द्रलाई एम्बुलेन्स दिन आज बानियाँले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । आफ्नो हजुरबुबा चेतसिंह बानियाँ र बुबा वीरेन्द्रबहादुर बानियाको स्मृतिमा एम्बुलेन्स सहयोग गर्न लागका हुन् । उनिसँगै उनका दाजुभाई रविनकुमार र रमेशकुमार वानियाँले एम्बुलेन्स खरिदमा सहकार्य गरेका छन् । ।

हेटौ.डा उपमहानगरका मेयर हरिबहादुर महतको प्रमुख अतिथ्यतामा केन्द्रले आयोजना गरेको एक कार्यक्रममा एम्बुलेन्स खरिदको सम्झोता गरिएको छ । सम्झौतापत्रमा दाता राजेश बाँनिया, मेयर महत, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रदेश ३ प्रहरी प्रमुख शेरबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकेशकुमार सिंह र सेवा केन्द्रका अध्यक्ष राम विष्टले हस्ताक्षर गरेका छन्, ।

उनले राजनीति पेश नभएर समाजसेवा भएकाले समाजका लागि हित गर्ने काममा लागेको बताए । उनले एम्बुलेन्स सहयोगले धेरैको ज्यान जोगाउन भूमिका निर्वाह गर्ने उल्लेख गरे । उनले आफुले सकेसम्म समाजका हरेक क्षेत्रमा सहयोग र साथ दिने प्रतिवद्धतासमेत जनाए ।

सेवा केन्द्रका अध्यक्ष विष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मेयर महत, प्रदेश ३ प्रमुख बस्नेत, प्रजिअ भट्ट, वडा ८का अध्यक्ष गोपाल श्रेष्ठ, केन्द्र निवर्तमान अध्यक्ष कुमार पौडेल, उपाध्यक्ष विनोदचन्द्र लामिछाने लगायतकाले मन्तव्य क्त गरेका थिए ।

कार्यक्रममा हेटौंडा ९ का अध्यक्ष लक्ष्मण भण्डारी, १५ का अध्यक्ष महारत्न लामा, हेटौंडा औद्योगिक क्षेत्रका प्रमुख राजेन्द्र कंडेल, औद्योगिक क्षेत्र १४ नं गणका सशस्त्रका प्रहरी उपरीक्षक विकास घिमिरे, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, समाजसेवी आनन्दराम पराजुली, सीताराम बर्तौला, डिडिसीका प्रमुख गणेश यादव लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*