‘ध्यान मोड्न भारतले पाकिस्तानमाथि आक्रमण गर्न सक्छ’
इश्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले आफ्नो घरेलु विरोध प्रदर्शनको ध्यान मोड्नका लागि पाकिस्तानविरुद्ध कुनै अपरेसन गर्न सक्ने पूर्वानुमान गरेका छन् ।
पाकिस्तानका प्रधानमन्त्रीले भनेका छन्, ‘‘भारत यस्तो हिन्दु राष्ट्रवादमा लामबद्ध हुनको लागि युद्ध उन्मादलाई भड्काउन चाहिरहेको छ । यदि यस्तो भयो भने पाकिस्तानका साथ मुखतोड जवाफ दिनुभन्दा अर्को विकल्प हुँदैन ।’’
पाकिस्तानका प्रधानमन्त्रीले ट्विट गर्दै भनेका छन्, ‘‘भारतले जम्मु काश्मीरमा अहिलेसम्म सबैलाई कैद गरेर राखेको छ । यदि त्यहाँ प्रतिबन्ध हट्ने हो भने आमहत्याको आशंका रहेको छ । यदि भारतमा यस खालको विरोध प्रदर्शन बढ्दै गयो भने पाकिस्तानमाथि भारतको खतरा अझै बढ्नेछ । भारतीय सैनिक प्रमुखको भनाईले हाम्रो यो चिन्तालाई अझै आश्वस्त गर्दछ ।’’(बीबीसी)

बाइलाइन नेपाल











