विद्यार्थीलाई इटेनी दिए स्विटर र स्टेशनरी
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकै बिकट १९ नम्बर वडास्थित शेरशेरमा रहेको भैरुङदेवी प्राविका विद्यार्थीलाई स्विटर र स्टेशनरी प्रदान गरिएको छ । व्यवसायी तथा समाजसेवी उत्सव इटेनीले विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई स्विटर र स्टेशनरी प्रदान गरेका हुन् ।
विद्यालयमा आयोजित कार्यक्रममा इटनीले विद्यार्थीलाई स्विटर र स्टेशनरी हस्तान्तरण गरेका थिए । कक्षा तीनसम्म पढाइ हुने विद्यालयमा ५० जना विद्यार्थी रहेका छन् । जाडोमा विद्यार्थीलाई स्विटर नहँदा समस्या भएको र स्टेशनरी नहुँदा अध्ययनमा बाधा पुगेको थाहा भएपछि सहयोग गरेको इटेनीले बताए ।
कार्यक्रममा शिक्षक, विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो। सहयोगी इटेनीलाई शिक्षक तथा अभिभावकले धन्यवाद दिएका छन् ।


बाइलाइन नेपाल











