अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाही अपहरणमुक्त

बाइलाइन नेपाल
६ पुष २०७६, आईतवार १९:१९

शनिबार राति अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त भएका छन् ।

दैलेखबाट अपहरणमा परेका शाहीलाई प्रहरीको टोलीले कालीकोटको जंगलबाट अपहरणमुक्त गराएको हो । शाही कालिकोटको शुभकालिका गाउँपालिका जंगलमा भेटिएका प्रहरीले जनाएको छ।

कर्णाली प्रदेशका डिआईजी पूर्णचन्द्र जोशीले घटनाको पुष्टि गरेका छन्। यसअघि विप्लव नेकपाले विज्ञप्ति जारी गर्दै अध्यक्ष शाहीको अपहरणको जिम्मेवारी विप्लव समूहले लिएको थियो।

विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविले प्रेस विज्ञप्ति जारी गर्दै अपहरणको जिम्मेवारी लिएका थिए । शनिबार राति करिब दुई बजे शाही र उनकी पत्नी इलालाई घरमा सुतिरहेकै वेला अपहरण गरिएको थियो। पत्नी इलालाई भने गएराति नै छाडिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*