कांग्रेस परित्याग गरी २५ जना नेकपामा प्रवेश
हेटौंडा । हेटौंडा १९ का नेपाली कांग्रेसका क्रियाशिल नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नेकपा हेटौंडा उपमहानगर १९ नम्बर वडा कमिटीले आज आयोजना गरेको कार्यक्रममा कांग्रेसका क्रियाशिल २५ जना कार्यकर्ता प्रवेश गरेका हुन् ।
कार्यक्रममा कान्छालाल रुम्बाको नेतृत्वमा २५ जना नेकपामा प्रवेश गरेको नेकपा मकवानपुरका संगठन विभागका सहसंयोजक कमानसिं पाख्रिनले जानकारी दिए । उनका अनुसार पार्टी प्रवेश गर्नेमा रामबहादुर स्याङ्तान, किताबसिं बल, प्रमिला भोम्जन, रामबहादुर मोक्तान, तारा बल, हिराराल थिङ, प्रमिला मोक्तानलगायत रहेका छन् ।
नेकपा मकवानपुरकी अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि मुनु सिग्देलले टिका तथा खादा लगाएर पार्टीमा स्वागत गरकी थिइन् । कार्यक्रम पार्टी १९ नम्बर वडा कमिटीका अध्यक्ष मंगललाल गोलेको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा पार्टी जिल्ला सदस्य पूर्णबहादुर वाइवा, रुपेश बर्तौला, पार्टी हेटौंडा नगरका सहइन्चार्ज विवेक राई, पार्टी नगर सचिव तीर्थ थापा, नगर सदस्य देवेन्द्र दाहाल, १९ नम्बर वडाका अध्यक्ष नरनाथ सुवेदी, पार्टीका १९ वडा सचिव लोकनाथ लामालगायतको सहभागिता रहेको थियो ।

बाइलाइन नेपाल











