मकवानपुरमा एसपी परिवर्तनः सिंह गए, राठौर आए (सूचीसहित)
हेटौंडा। । मकवानपुरमा प्रहरी उपरीक्षक ( एसपी) परिवर्तन गरिएको छ । प्रहरी प्रधान कार्यालयले आज गरेको सरुवामा मकवानपुरको कमाण्ड सम्हाल्न सुशीलसिंह राठौर आएका छन् ।
महानगरिय अपराध महाशाखामा रहेका राठौरलाई मकवानपुर र मकवानपुरका एसपी मुकेशकुमार सिंहलाई महानगरिय अपराध महाशाखामा सरुवा गरिएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुक्रबार २४ जना एसपीको सरुवा गरेका हुन् । सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय, चितवनमा गंगा पन्त, झापामा कृष्ण कोइराला, स्याङ्जामा जनार्दन जिसी, कञ्चनपुरमा मुकुन्द मरासिनी, सिन्धुलीमा रन्जु सिग्देल, काभ्रेमा रविकुमार पौडेल र धादिङमा रवीन्द्र रेग्मी पठाइएका छन् ।
रौतहटमा रविराज खड्का, धनुषामा रमेशकुमार बस्नेत, सर्लाहीमा विश्वमणि पोखरेल पठाइएका छन् ।
हेर्नुहोस् सूची



बाइलाइन नेपाल











