आगामी तीन दिनको मौसम पूर्वानुमान : आज पूर्वी भूभागमा आंशिक वदली

बाइलाइन नेपाल
२ पुष २०७६, बुधबार ०९:४६
फाइल तस्वीर

काठमाडौँ । आज नेपालका पूर्वी भूभागमा आंशिक वदली रही पश्चिम र मध्य तराईका केहि स्थानमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म कुनै उल्लेखनिय मौसमी परिवर्तन हुने सम्भावना छैन ।

आज दिउँसो देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै रातभर देशको पूर्वी र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यसैगरी भोलि बिहिबार दिउँसो देशको पश्चिमि भूभाग लगायत पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने रातभर देशभर आंशिक बदली रहने छ ।

यो साताको शुक्रबार दिउँसो देशको पश्चिम र मध्य भुभागलगायत पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य र बाँकी भूभागमा आंशिक बदली रहनेछ । पश्चिम भेगका एक दुइ स्थान मा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाको अनुमान छ । सोही दिन राति भने देशभर आंशिकदेखि सामान्य वदली रहनुका साथै पश्चिम भेगका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*