सिन्धुपाल्चोक दुर्घटना, ज्यान गुमाउनेको संख्या १३ पुग्यो

बाइलाइन नेपाल
२९ मंसिर २०७६, आईतवार १०:१८

सिन्धुपाल्चोकमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

बा ४ ख ४४६८ नम्बरको बस लामोसाघु–जिरी सडकखण्डको पाँच किलोमा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने १३ जनामध्ये ८ जना महिला, ३ जना पुरुष, एक बालक र एक बालिका रहेका प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख सई राजेश दाहालले घटनाको पुष्टि गरे । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्वारा भन्ने ठाउँबाट बस ५ सय मिटर तल खसेको छ ।

दोलखाको कालिन्चोक भगवतीको दर्शन गरेर भक्तपुर फर्किदै गरेको बस दुर्घटना भएको हो । बसमा करिब ३० जना जति सवार रहेका थिए । बसमा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाका विषयमा विस्तृत विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*