हुम्ला र जाजरकोटमा भारी हिमपात, भोलि चिसो झनै बढ्ने

बाइलाइन नेपाल
२६ मंसिर २०७६, बिहीबार १६:४६
फाइल तस्वीर

काठमाडौं । नेपालको पश्चिमी भूभागबाट नेपाल प्रवेश गरेको न्युनचापीय प्रणालीका कारण मुलुकभर चिसो बढेको छ । न्युनतम तापक्रम धेरै तल नझरे पनि अधिकतम तापक्रम निकै तल झरेको मौसमविद्हरुले जनाएका छन् । पश्चिमी वायुको प्रणालीका कारण उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार जाजरकोट, हुम्लालगायतका जिल्लामा भारी हिमपात भएको छ ।

यसले जनजिवन कस्टकर बनेको छ । पूर्वी इरान र अफगानिस्तान हुँदै नेपाल प्रवेश गरेको यस प्रणालीले देशैभरको मौसममा प्रभाव पारेको छ ।

वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार शनिबारसम्म मौसममा बदली भइरहन्छ । “रातिदेखि नै बदली भएको हो,” उनले भनिन्, “त्यसको असर पश्चिम नेपालमा देखिएको छ । जाजरकोट र हुम्लामा भारी हिमपात भएको छ । अन्य जिल्लामा यसको असर देखिएको छ । भोलि यसको असर झनै देखिन्छ । भोलिसम्ममा अन्य जिल्लाहरुमा पनि प्रभाव पर्ने देखिन्छ ।”

उनले शनिबार पूणरुपमा सुधार नभए पनि सुधार हुँदै जाने जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*