ए डिभिजन फुटबल लिगको मुख्य प्रायोजक कतार एयरवेज

बाइलाइन नेपाल
२६ मंसिर २०७६, बिहीबार १६:२६

सहिद स्मारक ए डिभिजन लिगलाई कतार एयरवेजले मुख्य प्रायोजन गर्ने भएको छ ।

मंसिर २८ बाट सुरु हुने नेपालको शीर्ष डिभिजनको फुटबल प्रतियोगिताको मुख्य प्रायोजन एयरलाइन्सले गर्ने भएको हो ।

विहीवार एन्फा र कतार एयरलाइन्सबीच ए डिभिजन लिग मुख्य प्रायोजनको सम्झौता भएको हो ।

कतार एयरवेजसँग एन्फाको एक वर्षे सम्झौता भएको हो । जस अनुसार कतार एयरवेजले १ लाख ५० हजार डलर उपलव्ध गराउने छ ।

एयरवेजले एन्फालाई दुई किस्तामा रकम दिने छ । पहिलोमा ९० हजार र दोस्रो मा ६० हजार डलर दिने सम्झौतामा उल्लेख गरिएको छ ।

ए डिभिजन लिग बिजेता टिमले नगद ५० लाख पाउने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*