पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा सुबिसु ईन्टरनेट पार्टनर

बाइलाइन नेपाल
२५ मंसिर २०७६, बुधबार १५:४५

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेटले पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि इन्टरनेट पार्टनरको रुपमा सहभागिता जनाएको छ ।

सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउद र क्वीन्स् इभेन्ट नेपालका प्रबन्ध निर्देशक छुम्बि लामा एवं नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको उपस्थितिमा सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

नेपाली खेलकुदको विकास तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यस बर्ष पनि सुबिसुले यस खेलका लागि सहकार्य गरेको हो ।
प्रत्यक खेलमा उत्कृष्ट क्याचर “क्लियर टिभी क्लियर क्याच” तथा “फास्टेस्ट फिफटी” लाई उपहार स्वरुप सुबिसु इन्टरनेट र क्लियर टिभी सेवा १ वर्षका लागि निशुल्क प्रदान गरिने छ ।

सुबिसु केबलनेटले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पी.एल.एस भी.पी.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पी ट्रान्जिट, एम.भी.पी, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*