डायलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिस गर्न अस्पताल पुगेका छन् ।
१३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरेलगत्तै उनी महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन् । ‘नियमित डायलासिसका लागि अस्पताल जानु भएको हो, ‘ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।
प्रधानमन्त्री ओलीको दुई हप्ताअघि यसै अस्पतालमा एपेन्डिक्सको अप्रेशन गरिएको थियो । अनलाइनखबरबाट

बाइलाइन नेपाल











