हेटौंडामा होटल सुर्यान्स संचालनमा
हेटौंडा । पछिल्लो समय प्रदेश ३ को राजधानी हेटौंडामा होटल प्रतिको क्रेज बढ्दै गएको अबस्थामा पुनः अर्को होटेल संचालनमा आएको छ । हेटौंडा उपमहानगर पालिका वडा नम्बर १० टिसिएन रोडमा होटल सुर्यान्स प्रा.लि संचालनमा आएको हो ।
आज होटल सुर्यान्सले पत्रकार सम्मेलनको आयोजना गरि डेढ करोड रुपैयाँको लगानिमा सञ्चालनमा आएको होटलका संचालक निप्पु सराफले जानकारी दिए । होटल पर्यटन व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले होटल सञ्चालनमा ल्याएको सराफले बताए ।
उहाँको अनुसार नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित सँगै पर्यटकको माग र चाहानालाई मध्यनजर गरेर होटल सञ्चालन गरिएको हो । नयाँ व्यवस्थापनका साथ रेष्टुरेन्ट, पर्याप्त पार्किङ, लिफ्ट सहितको व्यवस्थापनमा होटलले सेवा दिने उनले उल्लेख गरे ।
२ वटा रेष्टुरेन्ट सहित बारको व्यवस्था गरिएको होटलको टपबाट हेटौंडा बजारको दृश्यावलोकन गर्न सकिनेछ । ४ वटा स्विट रुमसहित ३० वटा कोठाहरु रहेको होटलमा एक रातमा ६५ जनासम्म मानिस सहज ढंगबाट बस्न सक्ने होटलका म्यानेजर नकुल गिरीले बताए । होटलमा ५० जनाले प्रत्यक्ष रोगजारी पाउने उनले बताए ।
दुई वटा कन्फ्रेन्स हलसहित बजारको मुख्य चौक नजिकै रहेको होटलले एनआईसी एसिया बैंकसँग सहकार्य गरेको सञ्चालक सराफले जानकारी दिए ।

बाइलाइन नेपाल











