हेटौंडामा चलचित्रको बजार बारे बहस हुने

बाइलाइन नेपाल
२३ मंसिर २०७६, सोमबार १७:३१

हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले ‘मोफसलमा नेपाली चलचित्रको बजार बिस्तारमा संचारकर्मीको भुमिका’ बिषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

खस्कदै गएको चलचित्र क्षेत्रको अबस्थालाई मध्येनजर गर्दै संघले आगामी मंसीर ३० गते रिगल रिसोर्ट हेटौडामा अन्तक्र्रिया आयोजना गर्न लागेको चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए । संघको सोमबार बसेको कार्यसमितिको बैठकले आगामी हप्ता हेटौडामा अन्तक्र्रिया गर्ने निर्णय गरेको अध्यक्ष गौतमले बताए ।

चलचित्र क्षेत्रसँग सम्बन्धित संघ÷संस्थाहरुको प्रतिनिधीत्व तथा उपस्थिती रहने अन्तक्र्रिया कार्यक्रममा चलचित्र बिकाश बोर्डको सहयोग रहने छ भने चलचित्र पत्रकार संघ केन्द्रिय कार्यलयको समन्वय रहने छ ।

कार्यक्रममा चलचित्र बिकाश बोर्डका अध्यक्ष केशब भट्टराई ,बोर्ड सदस्य नरेन्द्र महर्जन चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय, निर्माता संघका अध्यक्ष आकाश अधिकारी,चलचित्र संघ,निर्देशक समाज,समिक्षक समाज,चलचित्र पत्रकार संघ बुटवल, पोखरा, दाङ ,चित्तवन लगायतका करिब ५० जना पत्रकारहरुको समेत सहभागीता रहने छ ।

चलचित्र पत्रकार संघ हेटौंडा शाखा विगत १० बर्ष देखि मकवानपुरमा क्रियाशिल रहदै आएको छ । संघको पाचौ अधिबेशन आगामी पुष १ गते हुने समेत अध्यक्ष गौतमले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*