भारतसँग पराजित भयो नेपाल
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा नेपालले रजत पदक जितेको छ ।
पोखरा रंगशालामा सोमबार भएको फाइनलमा भारतसँग २-० ले पराजित भएपछि नेपालले रजतमा चित्त बुझाएको हो ।
भारतविरुद्ध पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको थियो ।
भारतको लागि दुवै गोल बाला देवीले गरेकी हुन् । महिला फुटबलमा नेपाल पुन: स्वर्ण जित्न असफल भएको छ ।

बाइलाइन नेपाल











