भक्तपुरबाट निर्वाचित प्रदेश सांसद कृष्णलाल भडेलले हेटौंडामा लिए सपथ
नवनिर्वाचित प्रदेश सभा सदस्य कृष्णलाल भडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा निर्वाचित भडेललाई प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले आइतबार (आज) सपथ ग्रहण गराएका हुन् ।
प्रदेश सभा सचिवालय हेटौंडामा भएको कार्यक्रममा उपसभामुख राधिका तामाङ, प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक बुद्धिमान माझी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक राधा घले, प्रदेश सभाका प्रमुख सचिव रामशरण घिमिरे लगायतको आतिथ्यता रहेको थियो । सांसद भडेललाई प्रमुख सचिव घिमिरेले प्रदेश सभाको लोगो प्रदान गरेका थिए ।
नेपाली कांग्रेसका भडेल २२ सय ४३ मतले निर्वाचित भएका थिए । उनले १३ हजार ४ सय ४९ मत प्राप्त गरेर नेकपाका उम्मेदवार डिपी ढकाललाई हराएका हुन् । तस्वीरः नवयुग डटकम

बाइलाइन नेपाल











