प्रेस संगठन मकवानपुरको संयोजकमा दाहाल, सहसंयोजक टुंगो लाग्न सकेन

बाइलाइन नेपाल
२१ मंसिर २०७६, शनिबार १९:२१

हेटौंडा । तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस संगठन नेपाल मकवानपुरको संयोजकमा प्रकाश दाहाल चयन भएका छन् । संगठनको  केन्द्र र प्रदेशमा संयोजक, सहसंयोजक तथा केन्द्रीय सदस्यको चयनपछि जिल्लाको नेतृत्व चयन भइहरेको छ ।

संगठनको प्रदेश ३ मा रहेका १० जिल्लामा संयोजक र सहसंयोजक चयन गर्ने क्रममा दाहाल मकवानपुरको संयोजक भएका हुन् । संगठनको प्रदेश ३ का संयोजक विश्वमणि सुवेदी र सहसयोजक सुनिल खड्काले जारी गरेको विज्ञप्तीमा तत्कालिन चौतारी मकवानपुरका अध्यक्ष दाहाललाई नै संयोजकको जिम्मेवारी दिइएको छ ।

मकवानपुरमा सहसंयोजक तत्कालिन प्रेस सेन्टरको भागमा परेपनि टुंगो लाग्न नसकेको विज्ञप्तीमा उल्लेख छ । मकवानपुरमा सहसंयोजक टुंगो लाग्न बाँकी रहेको सुवेदीले जानकारी दिए । मकवानपुरसहित केही जिल्लामा समस्या देखिएकाले छलफलबाट केही समयपछि टुंगो लगाउने उनले बताए ।

प्रदेश ३ को रामेछापमा संयोजक विफाकुमार घिरिङ युनिक, सहसंयोजक विवेक श्रेष्ठ, सिन्धुपाल्चोकमा संयोजक विदुर आचार्य, सहसंयोजक अशोक पराजुली
मकवानपुर, संयोजक प्रकाश दाहाल, सहसंयोजक टुंगो लाग्न बाँकी, नुवाकोटमा संयोजक भोला पौडेल, सहसंयोजक रामहरि गजुरेल चयन भएका छन् ।

यसैगरी, काभ्रेमा संयोजक भुवन रायमाझी, सहसंयोजक रामकृष्ण बञ्जारा, रसुवामा संयोजक बलराम घिमिरे, सहसंयोजक शैलेस लोप्चन, दोलखामा संयोजक टुंगो लाग्न बाँकी, सहसंयोजक प्रभु जिरेल, सिन्धुलीमा संयोजक टुंगो लाग्न बाँकी, सहसंयोजक विनयकुमार दाहाल वाइपी विनय, चितवनमा संयोजक प्रकाश ज्ञवाली, सहसंयोजक तीर्थ नेपाल, धादिङमा टुंगो लाग्न बाँकी रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*