समुद्रले डुबाउँदैछ फिलिपिन्सको यो गाउँ

बाइलाइन नेपाल
२० मंसिर २०७६, शुक्रबार २१:११

एजेन्सी , फिलिपिन्सकी १६ वर्षीय डेनिका मार्टिनेज हुर्किएकी घर हरेक वर्ष बित्दा अग्लो हुँदै जान्छ। उनका बुबा झोपडीको बाँस ठड्याएर समुद्रको पानी घरभित्र छिर्न दिँदैनन्।

उनको घर सिटिओ पारियाहान नामक गाउँमा छ, जुन फिलिपिन्सको राजधानी मनिलाबाट १७ किलोमिट। टाढा छ। कुनै समय टापू रहेको यो गाउँ अहिले भूमिहीन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।

जमिनमुनिको पानीको अत्यधिक प्रयोगबाट सिटिओ पारियाहानको ठूलो मात्रामा जमिन कम हुँदै आएको छ। यसले गर्दा प्रत्येक वर्ष गाउँ लगभग चार सेन्टिमिटर डुबिरहेको विज्ञहरूको भनाइ छ। विश्वव्यापी उष्णता (ग्लोबल वार्मिङ) का कारण बढ्दो समुद्री तहले यो गाउँ चाँडै नै हराउन सक्छ।

त्यहाँ गहिरो इनार पानीको एक मात्र स्रोत बनेको छ। यहाँका बासिन्दाहरू नुहाउन, सफा गर्न, पकाउन र कहिलेकाहीँ पिउन समेत प्रयोग गर्छन्।

मार्टिनेज आफ्नो गाउँ सधैं यस्तो नभएको सम्झिन्छिन्। एक समय भक्तहरूले भरिएको चर्च, भव्य प्रतियोगिता र चाड आयोजना हुने सिटिओ पारियाहानमा अहिले केबल समुद्री पानी भरिएको छ।

त्यहाँका बालबालिका ३० मिनेट लामो दुरीमा डुंगा चढेर विद्यालय जाने गरेका छन्।

‘यो जति डरलाग्दो भए पनि यस्तो वातावरणमा बाँच्ने बानी बसाल्नु पर्छ,’ मार्टिनेज भन्छिन्, ‘यहाँ डुंगा बिना केही काम गर्न सकिँदैन। यो काम गाह्रो छ। रमाइलो पनि।’

सिटिओ पारियाहान गाउँको अध्ययन गरेका मौसम परिवर्तन विशेषज्ञ फर्नान्डो सिरिगानको अनुसार खसिरहेको जमिन र सँगै बढिरहेको पानीको सतहको कारण राजधानी मनिलाको उत्तरमा केही डेल्टा क्षेत्रहरू परिवर्तन भइरहेको छ।

विशेषज्ञ फर्नान्डो भन्छन्, ‘अबको पचास वर्ष वा सय वर्षपछि विश्वको धेरै भागहरूमा जे हुनसक्ने अनुमान लगाइएको छ, अहिले वास्तवमै रफ्तारमा भइरहेको छ।’

तस्बिरः रोयटर्स

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*