डीएसपी ढुंगेललाई पक्राउ गर्न अदालतको अनुमति

बाइलाइन नेपाल
१८ मंसिर २०७६, बुधबार २०:३२

प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमाेद ढुंगेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ ।

तर, अनुमति दिएको तीन दिन बितिसक्दा पनि प्रहरीले ढुंगेललाई पक्राउ गरेको छैन । गत २६ चैतमा रानीबारीमा भएको डकैतीमा संलग्न अभियुक्त विकास श्रेष्ठलाई ढुंगेलले बारम्बार फोन गरेको भेटिएपछि उनी अनुसन्धानको घेरामा थिए ।

उनलाई २० वैशाखमा प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो । ढुंगेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*