मकवानपुरको वागमतीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुईजना घाइते

बाइलाइन नेपाल
१७ मंसिर २०७६, मंगलवार ०७:२९

हेटौंडा । मकवानपुरको वागमती गाउँपालिका लिलावन सडकखण्डमा गएराती अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

दुर्घटनामा बाग्मती गाउँपालिका ४ कि ४२ बर्षिया काउलिमाया रुम्बाको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

घाइते हुनेमा वागमती गापा ५ लालभित्ता बस्ने १८ बर्षकि श्रीमाया घिसिङ र सोही स्थान बस्ने १२ बर्षकि मसलिमाया घिसिङ रहेका छन् ।

भोर्लेनिबाट झुरझुरे आउँदै गरेको ना १ ह ६३१७ नम्बरको अटो उकालो बाटोमा ब्याक भइ दुर्घटना भएको सिंहले जानकारी दिए । चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*