१३ औं सागः दोस्रो दिन नेपालले १५ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्यो

बाइलाइन नेपाल
१६ मंसिर २०७६, सोमबार २०:२४

काठमाडौं, पोखरा र जनकपुरमा जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले १५ स्वर्ण पदक जितेको छ ।

नेपालले कराते र तेक्वान्दोमा मात्रै १४ पद हात पारेको छ । ट्रायथलनमा थप एक गरी सोमबार साँझसम्म नेपालले १५ स्वर्ण पदकतालिकामा दर्ज गरेको छ ।

नेपालले अहिलेसम्म १५ स्वर्ण, ३ रजत र ३ कास्य गरी २१ पदक हात पारेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

नेपालले जितेका पदक र खेलाडीहरुको नामावली,

स्वर्ण पदक विजेत खेलाडीहरु,

कराते (६ स्वर्ण पदक)

काता (महिला)– सरु कार्की, संगिता मगर, निर्मला तामाङ
काता (पुरुष)– मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
८४ किलोमाथि– विप्लवलाल श्रेष्ठ
५५ किलो– लक्ष्मण तामाङ
५० किलोमुनि (महिला)– अनु अधिकारी
४५ किलोमुनि (महिला)– कुसुम श्रेष्ठ

तेक्वान्दो (७ स्वर्ण पदक)

पुम्से (२९ वर्षमाथि समूहगत)– आशया शाक्य, सञ्जिवकुमार पाण्डे
पुम्से (२९ वर्षमाथि एकल) आयशा शाक्य
पुम्से (२३–२९ वर्ष एकल)– पार्वती गुरुङ
पुम्से (२३–२९ वर्ष एकल)– कमल श्रेष्ठ
पुम्से (१७–२३ वर्ष एकल)– सिना मादेन लिम्बु
पुम्से (महिला समूह, २३–२९ वर्ष)– निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई

ट्रायथलन– सोनी गुरुङ

रजत पदक विजेता खेलाडी (३ पदक)

कराते (एकल काता)– चन्चला दनुवार
कराते (८४ किलोमुनि)– दिवश श्रेष्ठ
तेक्वान्दो (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

कास्य पदक विजेता खेलाडी (३ पदक)

तेक्वान्दो पुम्से (२३–२९ वर्ष) जितबहादुर बोट र पार्वती गुरुङ
तेक्वान्दो पुम्से (१७–२३ वर्ष) सिना मादेन लिम्बु र पार्वती गुरुङ
ट्रायथोलन– बसन्त थारु

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*