मकवानपुरमा चार वर्षमा ३५ हजार लिटर घरेलु मदिरा बरामद

बाइलाइन नेपाल
१६ मंसिर २०७६, सोमबार १०:०७

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पछिल्लो चार वर्षमा ३५ हजार लिटर घरेलु मदिरा बरामद गरेको छ । प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/७४, ७४/७५, ०७५/७६ र ०७६/०७७ को हालसम्म ३५ हजार ४ सय लिटर घरेलु मदिरा बरामद भएको हो । प्रहरीले सबै मदिरा नष्ट गरिएको जनाएको छ ।

मदिरा बरामद गर्ने क्रममा चार वर्षमा २४ जना पक्राउ परेका छन् । तिनमा १७ पुरुष र ७ महिला छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन झाले आर्थिक वर्ष ०७३/०७४ मा एक हजार तीन सय, ०७४/७५ मा १८ हजार, ०७५/७६ मा १० हजार एक सय र ०७६/७७ मा ६ हजार लिटर मदिरा बरामद गरी नष्ट गरिएको जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*