भिमफेदी कुलेखानी सडक खण्डमा सुमो दुर्घटना, ७ घाइते ,३ को अवस्था गम्भीर
हेटौंडा-काठमाडौं छोटो मार्ग अन्तर्गत पर्ने भिमफेदी कुलेखानी सडक खण्डको इन्द्रसरोवर २ देउराली नजिक टाटा सुमो दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
काठमाडौंबाट विरगंज तर्फ आउदै गरेको ना १ ज २८९९ नम्बरको सुमो दुर्घटना भएकाे हाे । घाइते ७ मध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक रामवालक रामले बताए ।
सुमो सडकबाट ५० मिटर तल खसेको र घाइतेहरुलाई उद्धार गरी उपचारका लागि हेटौंडा पठाइएको निरीक्षक रामले बताए ।

बाइलाइन नेपाल











