हेटौंडामा भारतद्वारा जारी नक्सा जलाइयो
हेटौंडा । राप्रपा मकवानपुरले भारतद्वारा जारी नक्सा हेटौंडामा जलाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर सम्बद्ध जनवर्गीय संगठनहरूले आइतबार विरोध सभाको आयोजना गरेका थिए ।
हेटौंडा सानोपोखरास्थित पार्टी कार्यालयबाट निस्केको र्याली बुद्ध चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । पार्टीका सहायक महामन्त्री राजाराम बर्तौला, जिल्ला अध्यक्ष मधु अधिकारि, नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, युवक संगठनका केन्द्रीय उपाध्यक्ष दामोदर वाग्ले लगायतको सहभागितामा र्याली भएको थियो ।
जुलुसमा सीमा अतिक्रमण बन्द गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, आत्मसमर्पणवाद मुर्दावाद, विस्तारवाद मुर्दावाद जस्ता नारा लगाइएको थियो ।

कोण सभालाई पार्टीका जिल्ला अध्यक्ष मधु अधिकारी, नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, युवक संगठनका जिल्ला अध्यक्ष शुक्र प्रजा, महिला संगठनका अध्यक्ष बालकुमारी डल्लाकोटी, युवक संगठन हेटौंडा नगर अध्यक्ष भृगु कार्की लगायतले सम्बोधन गर्दै तत्काल कूटनीतिक तबरले समस्याको हल गर्नुपर्नेमा सरकार आत्मसमर्पणवादको दिशामा गएको भन्दै तिब्र आलोचना गरेका थिए ।

बाइलाइन नेपाल











