विवाह पञ्चमी : अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती
जनकपुर । मिथिलाञ्चलको महान् पर्वको रुपमा रहेको सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लिला विधिवत रुपमा सम्पन्न भएको छ । भारतको बिहार राज्यमा रहेको गिरिजास्थानमा सिता र रामको पहिलो भेट भएको स्मरणमा फुलबारी लिला विधि गरिन्छ । यसविधि अनुसार भगवान् राम र सीताको प्रतिकलाई जानकी मन्दिरको छेउमा रहेको रामजानकी विवाह मण्डपमा भेट गराईन्छ ।
प्रत्येक वर्षझैँ मंसिर शुक्ल पञ्चमी तिथिका दिन मनाइने रामजानकी विवाह महोत्सव सात दिनसम्म विभिन्न रुपमा मनाउने गरिन्छ ।
अयोध्याबाट जन्ती जनकपुर आइपुगे
रामजानकी विवाह महोत्सवमा भारतको अयोध्याबाट हिँडेका जन्ती बुधवार जनकपुर आइपुगेका छन् । विवाह महोत्सवमा सरिक हुन ५ मंसिरमा अयोध्याबाट हिँडेको जन्ती जनकपुर पुगेका हुन् । हरेक पाँच वर्षपछि विवाहोत्सवमा विशेष जन्ती आउने परम्पराअनुसार प्रत्येक वर्ष अयोध्याबाट ५ सयभन्दा बढीको संख्यामा साधुसन्तहरु जनकपुर आउने गरेका छन् ।
साधुसन्तको रुपमा आएका जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार जनकपुरको बाह्रबिघा रङ्गभूमि मैदानमा भव्य कार्यक्रमका बीच स्वागत गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले बताए ।

बाइलाइन नेपाल











