पत्रकार विनय कसजूको निधन

बाइलाइन नेपाल
१० मंसिर २०७६, मंगलवार १९:५८

वरिष्ठ पत्रकार विनय कसजूको निधन भएको छ। कात्तिक १९ गते निमोनियाका कारण ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका कसजुको मंगलबार दिउँसो निधन भएको हो।

‘अस्पतालले हामीलाई दिउँसो ३ बजे उहाँ हामीबीच नरहेको जानकारी गराएको छ’, उनको पारिवारिक सदस्य ओमिका प्रधानले भनिन्। कसजू सूचना आयोगका संस्थापक प्रमुख आयुक्त हुन्। सूचना हक तथा सूचना आयोगको स्थापनाका लागि कसजूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

पत्रकारिता र साहित्य दुवै विधामा परिचित कसजू जनमूखी सञ्चार माध्यमका पक्षपाती हुन्। उनले साहित्यतिर छोटा कथा र बाल रचनामा विशेष रुपमा कलम चलाएका थिए।

उनको जन्म पाल्पाको तानसेनमा सन् १९४७ जुलाई १८ का दिन भएको थियो।तर उनको बाल्यकाल गुल्मीको रिडीमा बितेको थियो। ग्रामीण पत्रकारिताको विकासमा उनको विशेष योगदान छ। उनले गाउँले जनजीवनलाई उपयोगी हुने गरी देउराली गाउँले भित्ते पत्रिकाको सुरुवात गरेका थिए।

उनले सन् १९९६ देखी १९९९ नेपाल प्रेस काउन्सिलको सल्लाहकारका रूपमा काम गरेका थिए। राष्ट्रिय समाचार समितिको बोर्डको सदस्यको रूपमा र मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा पनि काम गरेका थिए। नेपाली भाषा साहित्यका क्षेत्रमा समर्पित कसजूका ५० बढी बाल साहित्यका कृति प्रकाशित छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*