हेटौंडा आइपुग्यो ओलम्पिक टर्च
हेटौंडा । नेपालमा हुन गइरहेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को प्रचारप्रसारका लागि सुरु भएको ओलम्पिक टर्च र्याली हेटौंडा आइपुगेको छ ।
सात वटै प्रदेशमा पुगेर प्रतियोगिताको प्रचारप्रसार गर्ने क्रममा र्याली शनिबार र्याली हेटौंडा आइपुगेको थियो । प्रदेश एकबाट सुरु भएको र्याली ३ नम्बरमा आइपुगेको हो ।
आज खेलकुद विकास समितिमा भएको कार्यक्रममा चर्ट र्यालीलाई स्वागत गरिएको छ । मंसिर १५ गतेदेखि २४ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सागका विभिन्न प्रिितयोगिता हुनेछन् ।
र्यालीलाई स्वागत गर्दै हेटौंडा उपमहानगरपालिकाको उपमेयर मिना लामा, खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष माधव तिमल्सिना, र्यालीमा सहभागी खेलाडी टिकाराम श्रेष्ठ, लालबहादुर पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बाइलाइन नेपाल











