दिव्यतारा बहुउद्देश्यीय रामधुनीको पहिलो साधारणसभा
हेटौंडा । हेटौंडामा केन्द्रीय कार्यालय रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको हेटौंडा उपमहानगरपालिका १८ रामधुनीमा रहेको सदस्य सेवा सम्पर्क कार्यालयको शनिबार पहिलो साधारण सभा भएको छ ।
रामधुनी शाखाका संयोजक रामबाबु बानियाँको सभाध्यक्षता तथा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष डाक्टर गणेशबहादुर बल लामाको प्रमूख अतिथ्यतामा साधारणसभा कार्यक्रम भएको हो । रामधुनी शाखा संयोजक बानियाँले ०७५र०७६ को आयव्यय प्रस्तुत तथा ०७६र०७७ को भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा दिव्यतारा बहुउद्देश्यीयका कोषाध्यक्ष ईश्वर पण्डित, सदस्य तथा रेडियो मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली, ब्यवस्थापक रमेशप्रसाद कोईराला, १६ नम्बर वडाका वडाअध्यक्ष रामकृष्ण कोईराला, रामधुनी शाखाका उपाध्यक्ष कमलादेवी खड्का, सचिव पुरुषोत्तम अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बाइलाइन नेपाल











