सन्दीप र पारस आज भिड्ने

बाइलाइन नेपाल
६ मंसिर २०७६, शुक्रबार १८:१८

काठमाडौं । यूएईमा जारी टि–१० क्रिकेट लिगको अन्तर्गत आज (शुक्रबार) नेपाली राष्ट्रिय क्रिकेट टिमका तत्कालीन कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाको टिम प्रतिस्पर्धा गर्दैछन् ।

शेख जायद स्टेडियममा पारसको आबु धाबीले सन्दीपको टिम कर्नाटका टुसकेसस र बीच खेल हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा दुबै टोली जित निकाल्ने लक्ष्यमा हुनेछन् । यसअघिका खेलहरुमा दुबै टोलीको प्रदर्शन सम्झन लायक छैन । लिगमा सन्दीपको टिम कर्नाटका पाँच खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ । पारसको आबुधाबी ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

पारस आबुधाबीको पछिल्लो तीन खेलमा प्लेईङ सेटमा पर्न सकेका थिएनन् । यता सन्दीप हरेक खेलमा उत्कृष्ट खेल्दै आएका छन् । उनी लगातार टिममा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*