बकैयामा निःशुल्क आँखा शिविर: ४५३ जनाको परिक्षण
हेटौडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा मंगलबार बाट सुरु भएको निःशुल्क आँखा शिविरबाट दोस्रो दिन २८२ जनाको आँखा परिक्षण गरिएको छ ।
बकैया गाउँपालिका वडा नंबर ४ र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमान्डौको आयोजनामा सञ्चालित उक्त शिविरमा दोस्रो दिन १९ जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको वडा अध्यक्ष राजन दंगालले जानकारि दिए। अहिलेसम्म ४५३ जनाको आँखा परिक्षण गरिएको र ३५ जनाको आँखाको शल्यक्रिया गरीसकेको पनि वडा अध्यक्ष दंगालले बताए ।
हिजो मंगलबारबाट सुरु भएको निःशुल्क आँखा शल्यकृया शिविरमा पहिलो दिन १७१ जनाको आँखा परिक्षण गरिएको थियो भने १६ जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो ।मंगलबारबाट सुरु भएको निःशुल्क आँखा शल्यकृया शिविर बिहिबारसम्म चल्ने बताईएको छ ।

बाइलाइन नेपाल











