बकैयामा भोलीबाट निःशुल्क आँखा शिविर, तयारी पुरा

बाइलाइन नेपाल
२ मंसिर २०७६, सोमबार १७:३३

हेटौडा । मकवानपुरको बकैया गाउँपालिक वडा नम्बर ४ छतिवनमा निःशुल्क आँखा शिविर हुने भएको छ। बकैया गाउँपालिक वडा नम्बर ४ र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौको आयोजनामा शिविर हुन लागेको हो ।

शिविरमा प्राथमिक स्वास्थ्य केन्द्र छतिवनको सहयोग रहेको बकैया गाउँपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष राजन दङ्गालले बताए। शिविरका लागि आवश्यक तयारी पुरा भइसकेको उनले जानकारी दिए । शिविर मसिंर ३ गते मंगलबार गते देखि ५ गते बिहिबारसम्म चल्ने अध्यक्ष दंगालले जानकारी दिए ।

बिशेषज्ञसहितको टोलि आजै आइसकेकाले भोली (मंगलबार) बिहान ९ बजेबाटै आखा परिक्षणको काम शुरु हुने बताए । उनले आँखाको समस्या भोगिरहेको र बजारसम्म जना नसकेकाहरू लागायत सम्पूर्णले निःशुल्क सेवाको सुबिधा लिन सकिने बताए।

शिविरमा आँखाको जाँच गरिने र शल्यक्रिया गर्नु परेमा पनि प्राथमिक स्वास्थ्य केन्द्रामा हुने जनाइएको छ । गाउँमा शिविरले गर्दा सहज र निःशुल्क भएका कारण मौकाको फाइदा लिनका लागि सबैलाई अध्यक्ष राजन दङ्गालले आग्रह समेत गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*