आलमलाई मुद्दा चलाउने न्यायाधीवक्ताको मकवानपुर सरुवा
आजको नयाँ पत्रिका दैनिकले ‘आलम आतंक’ भन्दै मुद्दा चलाउने रौतहटका सरकारी वकिलकार्यालयका न्यायाधीवक्ताको मकवानपुर सरुवा भएको खबर छापेको छ । मुद्दा चलाउने जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता फणीन्द्रराज कटवालको आइतबार मकवानपुर सरुवा भएको हो ।
असुरक्षा महसुश भएको भन्दै उनले सरुवा मागेका थिए ।
सोही पत्रिकाले आलमलाई नख्खु कारागारमा भेट्न धेरै इच्छुक रहेको तर चारजनालाई मात्रै भेटेको खबर छापेको छ । उनलाई भेट्न आइतबार रौतहटबाट १२ जना भन्दा धेरैको टोली नख्खु कारागार पुगेको थियो । तर, चारजनालाई मात्रै भेट्न पाए ।
उनलाई बिहान ११ बजेपछि रौतहट काँग्रेसका सभापति कृष्ण प्रसाद यादव तथा आफन्तले भेटेका थिए । अन्यलाई भने कारागारमा राजनीति नचल्ने भन्दै प्रवेश नै दिइएन ।

बाइलाइन नेपाल











