सन्दीप दिल्ली क्यापिटल्समा ‘रिटेन’

बाइलाइन नेपाल
२९ कार्तिक २०७६, शुक्रबार २०:०४

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले आइपिएलको सिजन २०२० का लागि ‘रिटेन’ गरेको छ। सम्झौताको अन्तिम वर्षमा रहेका सन्दीपलाई दिल्लीले टिममै राख्ने निर्णय गरेको हो।सन्दीप २०१७ को सिजनमा दिल्लीमा २० लाख भारुमा आबद्ध भएका थिए। दिल्लीले सन्दीपसँगै इशान्त शर्मा, अमित मिश्रा, आवेश खान र कागिसो राबाडालाई पनि रिटेन गरेको छ।

यस्तै ब्याट्सम्यानहरु श्रेयर इयर, शिखर धवन र पृथ्बी शा पनि रिटेन भएका छन्। विकेटकिपर रिशव पन्तलाई पनि दिल्ली टिममा राखेको छ। अलराउन्डर किमो पाउल, अक्षर पटेल र हर्षल पटेल पनि दिल्लीमा टिममा छन्। दिल्लीले यसै सिजन रविचन्द्रन आस्विनलाई पञ्जाव र अजिन्का राहाणेलाई राजस्थानबाट ‘ट्रेडिङ इन’ बाट भित्र्याएको थियो। राहाणे आएसँगै दिल्लीले २ खेलाडी राजस्थान गएका छन्।

यसै सिजन ट्रेडिङ इनबाट भित्रिएका मायंक मार्कन्डेय फेरि राजस्थान रोयन्स गएका छन्। मार्कन्डेयसँगै राहुल टेवाटिया पनि राजस्थान पुगेका छन्। यससँगै दिल्लीमा अक्सनअघि नै १४ खेलाडी आबद्ध भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*