उपाधि विजेता महिला भलिबल टोलीले जनही तीन लाख पाउने

बाइलाइन नेपाल
२९ कार्तिक २०७६, शुक्रबार १९:४८

काठमाडौं । नेपाली महिला भलिबल टोलीका सबै सदस्यले जनही तीन-तीन लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

बंगलादेशमा सम्पन्न पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता टोलीलाई सरकारले नगदसहित सम्मानित गर्ने भएको छ ।

स्वदेश फर्किएको महिला टिमलाई स्वागत गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नगद पुरस्कारको घोषणा गरेका हुन् । ढाकामा बिहिबार सम्पन्न च्याम्पियनसिपको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*