हेटौंडामा नक्कली सुन र लाइसेन्स बोक्नेसम्म पक्राउ

बाइलाइन नेपाल
२९ कार्तिक २०७६, शुक्रबार १५:२३

हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नक्कली सुन र लाइसेन्स बोक्नेहरुलाई पक्रउ गरेको छ । नक्कली सुनसहित दुई जना र नक्कली लाइसेन्ससहित एक जनालाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले चेक जाँचको क्रममा मकवानपुरको भैंसेबाट हेटौंडातर्फ आइरहेको मोटरसाइकल रोकी चेकजाँच गर्दा नक्कली सुन फेला पारेको जनाइएको छ । पक्राउ पर्नेहरुमा दोलखा जिरी नगरपालिका–३ बस्ने ४७ वर्षीय ध्यालसिंह शेर्पा र सोहि मोटरसाइकल मा बस्ने मकवानपुर राक्सिराङ्ग गाउँपालिका–४ बस्ने अभय कुमार थिङ्ग रहेका छन् ।

चालक ध्याल सिंह शेर्पाको साथबाट सुनजस्तो पहेलो रङ्गको चारपाटे नक्कली सुन फेला परेको थियो । प्रहरीले यसअघि पनि हेटौडाका विभिन्न स्थानहरुमा नक्कली सुन देखाइ ठगी गर्ने घटनामा पनि उनीहरुको संलग्नता हुनसक्ने आशंका गरेको छ ।

नक्कली सुन र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

यसैगरी प्रहरीले नक्कली दुईवटा लाइसेन्ससहित एक जनतालाई पक्राउ गरेको जनाएको छ । उपरीक्षक सिंहका अनुसार दुईवटा नक्कली लाइसेन्स सहित मकवानपुर आमभन्ज्याङ बस्ने अटो चालक शिव सञ्जेललाइ नियन्त्रणमा लिई किर्ते मुद्दामा अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*