लायन्स क्लबको आयोजनामा १२४ जनाको स्वास्थ्य परीक्षण

बाइलाइन नेपाल
२६ कार्तिक २०७६, मंगलवार २०:१२

हेटौंडा । लायन्स क्लब अफ इन्टरनेसनल ३२५ बि २ रिजन १५ अन्तर्गतका सम्पुर्ण क्लबहरुको सयुक्त आयोजनामा आज निःशुल्क सुगर तथा प्रेसर परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला चिफ कृष्णराम न्यौपानेको प्रमुख आतिथ्यता तथा लायन्स क्लब अफ मकवानपुरका बर्ष २०१९२० का अध्यक्ष सरोज पोखरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे ।

कार्यक्रममा रिजन चियर पर्सन शिव बिडारि, एरिया कोचिफ टासि डोल्मा तुम्बाहाम्फे, बल्ड बैंक कोडिनेटर डा सुन्दरकुमार श्रेष्ठ, एन एल अफ कोडिनेटर विकेशलाल श्रेष्ठ, जोन चियर पर्सन प्रल्हाद मिश्र र राजेश भेटबाल र लायन्स क्लब हेटौंडा नारायणी मल का चाटड अध्यक्ष कैलाश ढकालको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा स्वागत मन्तब्य लायन्स क्लब अफ नारायणी मल का अध्यक्ष अन्जन दहालले गरेका थिए । कार्यक्रममा १२४ जनाको परिक्षण गरेको कार्यक्रम संयोजक सन्तोष पराजुलीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*