एएपसि यु-१९ च्याम्पियनसिपमा नेपाल इरानसँग पराजित

बाइलाइन नेपाल
२३ कार्तिक २०७६, शनिबार ०७:५४

काठमाडौं- एएफसी यु–१९ च्यापिम्पयनसिप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ।इरानको तेहरानस्थित पिएएस रङ्गशालामा भएको खेलमा नेपाल इरानसँग ४–० गोलले पराजित भएको हो। पराजयसँग नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दास्रो हाफमा चार गोल खाएको हो। छनोटको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग ४–० गोलअन्तरले पराजित भएको थियो। त्यस्तै इरानले भने आफ्नो पहिलो खेलमा किर्गीस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो।

शुक्रबार नै भएको अर्को खेलमा किर्गीस्तानले युएईलाई २–० गोलले पराजित गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*