अग्र्यानिक उत्पादन र होमस्टे मार्फत कृषि पर्यटनको विकास गर्छौं

बाइलाइन नेपाल
२२ कार्तिक २०७६, शुक्रबार १९:४५

धनराज महर्जन, अध्यक्ष, इन्द्रसरोवर गाँउपालिका–५, मकवानपुर

इन्द्रसरोवर–५ कोे वडा अध्यक्षका रुपमा निर्वाचित भइसकेपछि तपाँइको नेतृत्वमा भएका मुख्य मुख्य कामहरुबारे बताइदिनु हुन्छ की ?

हामी इन्द्रसरोवर–५ मा निर्वाचित भएर जनप्रतिनिधिका हैसीयतमा आइसकेपछि यहाँका जनताका आधारभुत आवश्यकताका रुपमा रहेका खानेपानीको समस्यालाई प्राथमिकताका साथमा अगाडि बढाएका छौं ।

त्यसैगरी शैक्षिक सुधारका लागि निजी स्रोतबाट शिक्षक राखेर भएपनि पढाई सञ्चालन गर्नुपर्ने बाध्यता छ । त्यसैले तलवका लागि हामीले वडातहबाट व्यवस्थापन गरेका छौं भने बाल विकास केन्द्रका विद्यार्थीहरुका लागि खाजा खर्च गाँउपालिकाकले उपलव्ध गराइरहेको छ ।

त्यसैगरी यहाँका बासिन्दाहरु कृषिमा निर्भर रहने र कृषि उत्पादनलाई सहज रुपमा बजारसम्म पु¥याउनका लागि टोल स्तरका सडकहरुलाई बाह्रै महिना चल्न सक्नेगरी त्यो स्तरमा पु¥याउनका लागि काम गरिरहेका छौं । यसबाहेक केही दिर्घकालिन योजना र सोचहरु समेत अघि सारेका छौं ।

वडास्तर र गाँउ पालिका तहको सिमित स्रोत र साधनका बीचमा कामहरु अगाडि बढाउनुपर्दा कठिनाईहरु कत्तिको आइरहेको छ ?

राज्य पुर्नसंरचना भएर संघीय ढाँचामा जानुभन्दा अगाडिको तुलनामा हामी धेरै गुणा स्रोत साधन सम्पन्न भएका छौं । तर धेरै स्रोतहरु भैरहँदा पनि हाम्रा आवश्यकताहरु अझै त्यो भन्दा बढी भइरहने अवस्था छ ।

त्यसो भएकाले हामीले अहिले चाहे अनुसार यो दुइ वर्षको बीचमा टोलसम्म जाने सडकहरुको बाह्रै महिना चल्लस्रोतको अपर्याप्तता नेगरी स्तरीकरण गरिसक्ने भन्ने जुन खालको योजना बनाएका थियौं, त्यो अनुसार अगाडि बढ्न स्रोतको अपर्याप्तता छ ।

त्यसैगरी कृषि र पशुपालनसंग सम्वन्धीत विषयहरु जो यहाँका वासिन्दाहरुले पहिल्यैदेखि गरिआएका थिए, त्यसमा व्यवसायिक प्रकृतिलाई सुधार गर्दै प्राविधीक र वैज्ञानिक किसिमले लैजानका लागि भनेर जुन कार्यक्रम गर्न खोज्यौं त्यसमा पनि केही अफ्ठ्याराहरु आएका छन् ।

त्यसमा हामीले साँच्चै व्यवसाय गर्न चाहनेहरुलाई केही अनुदान र शिप दुबै दिएर थप उद्यमी–व्यवसायीका रुपमा अझ अगाडि बढ्ने तहसम्म पु¥याउन सकिरहेका छैनौं, तर प्रयासरत छौं ।

यस अर्थमा यस वर्ष त्यस्तो ठुलो स्केलमा काम गर्ने, एउटा व्यवसायिक फर्म दर्ता गरेर काम गर्ने खालका उद्यमीहरुलाई हामीले केही अनुदान पनि व्यवस्था गरेर उसको आवश्यकता अनुसारको विषयमा खर्च गर्ने गरी अनुदान परिचालन गर्न सक्ने र प्रवाह गर्न सक्नेगरी काम गर्न खोजिरहेका छौं । तर विविध कारणले हुन सकिरहेको छैन ।

विकास, निर्माण र पुर्वाधारको सवालमा थप के योजना छ ?

राज्यपुर्नसंंरचना भएपश्चात साविकको फाखेल गाँउविकास समिति २ वटा वडामा विभाजित भयो । विभाजित हुँदा हाम्रो वडामा स्वास्थ्य चौकी भवन, वडा कार्यालयको भवनहरुको व्यवस्था भएको छैन । त्यसलाई अगाडि बढाउनका लागि हामीले अघिल्लो वर्ष जग्गा प्राप्ती गरेका छौं ।

त्यसको लागि आवश्यक अन्य काम हुँदैछ । त्यसैगरी वडा कार्यालयको लागि जग्गा व्यवस्था अझै गर्न सकेका छैनौं । यो नयाँ वडामा त्यसको केन्द्रभाग तोक्नेदेखि लिएर ति सबै कुराहरु समन्वय गर्न हामीलाई अलिकति चुनौती नै छ । सबैको चाहना आफ्नो नजिकै केन्द्र परिदेओस् भन्ने हुने रहेछ ।

यस वर्ष स्वास्थ्य संस्थाको लागि हामीले जुन जग्गाहरु प्राप्त गरिसकेका छौं, त्यसमा भवन बनाउने र वडा कार्यालयका लागि हामी जग्गा प्राप्ती गर्ने र त्यसमा भवन तयार गर्ने लक्ष्यमा छौं भने यस वडाको मुख्य पुर्वाधारको रुपमा रहेको हेटौंडा काठमाडौं जोड्ने सबैभन्दा छोटो सडक महालक्ष्मीखोला–चखेल हुँदै सतुङ्गल–काठमाडौं जाने जुन सडक छ, यो सडकमा हाम्रो वडामा करिव ८.१ किलोमिटर पर्छ ।

काठमाडौं पट्टीको ७ किलोमिटरको भागमा हामीले सडक स्तरोन्नती गर्न सक्यौं भने काठमाडौं पट्टीको भाग सम्ममा १५ किलोमिटरको आशपासमा हामी पक्की सडकमा पुग्छौं । यस अर्थमा यो हाम्रो वडाको सबैभन्दा पहिलो प्राथमिकतामा परेको छ । हिजो हामी निर्वाचनमा मत माग्न घर घरमा जाँदा पनि समुदायले व्यक्त गरेको अभिलासा यही थियो ।

त्यस सन्दर्भमा हामी स्थानीय तहमा निर्वाचित भएर आइसकेपछि यि कुराहरु हामीले आ–आफ्नो तहमा राख्यौं । प्रदेश सरकारदेखि लिएर संघीय सरकारसम्म कुरा पु¥याइरहँदा अहिले यो सडकको मकैबारी देखि सतुङ्गल सम्मको आठ दशमलव एक किलोमिटर भुभागमा २४ करोड बराबरको टेन्डर परेर त्यो कार्यान्वयनको चरणमा छ ।

२०७६ जेठमा सम्झौता भएर २०७७ मंसिर ७ गते ठेकेदारले काम सम्पन्न गर्नेगरी सम्झौता भइसकेको छ । त्यसमा साढे पाँच मिटर पिच सहितको जम्मा सडकको चौंडाइ साढे छ मिटरको हुनेछ । यसैगरी मकैबारीदेखि महालक्ष्मी खोलाको करिव ६ दशमलव एक मिलोमिटर जतिको लम्बाइको बाटो छ । त्यसलाई स्तरीकरण गर्नको लागि प्रदेश सरकारको तर्फबाट पाँच करोड विनियोजन गरिएको छ ।
अब त्यो विनियोजित रकम परिचालन गर्नका लागि सुमदायको तर्फबाट विना मुआव्जा जग्गा दिनुपर्ने खालको जुन कुरा छ, त्यसका लागि हामी प्रयासमा छौं । केही दिन अघि मात्र पनि गाँउपालिका अध्यक्षज्यु जीवन लामा लगायत ललितपुर पुर्वाधार विकास कार्यालयका प्रमुख तथा चितवन पुर्वाधार विकास कार्यालयका प्रमुख सहितको उपस्थितिमा एउटा छलफल ग¥यौं ।

सो छलफलमा यस क्षेत्रका प्रदेश सभाका माननीय सांसद कुमारी मोक्तानज्युको उपस्थितिमा हामीले छलफल चलायौं । अब हामी छिट्टै नै समुदायको तर्फबाट यो सडक स्तरोन्नती गर्नको लागि आठ मिटर चौंडा गर्ने र त्यसमा साँढे पाँच मिटर पिच गर्ने खालको जुन कार्यक्रम छ, जुन सडकलाई गाँउपालिकाको योजनामा पनि १० मिटर कम्तिमा पनि क्षेत्राधिकार रहने भन्ने निर्णय गरेका छौं ।

यो बाटोको स्तरोन्नती गर्नका लागि प्राप्त पाँच करोड रुपैंयाको पुर्ण रुपमा परिचालन गर्ने र अहिले यसको लागत स्टीमेट करिव २६ करोड बराबर निस्कीएको छ ।यो योजनालाई वहुवर्षीय योजनाको रुपमा प्रदेश तथा सघीय सरकारलाई ध्यानाकर्षण गराएर निर्णय गराउने र आगामी डेढ–दुई वर्षभित्रमा यो सडकलाई पुर्ण रुपमा कालोपत्रे भएको तहसम्म पु¥याउने हाम्रो लक्ष्य छ ।

यो वडाको आधाजती समुदायका व्यक्तिहरुले घण्टौं लगाएर खानेपानीका लागि धाउनुपर्ने अवस्था रहेकोमा साविकको वडा नम्बर ६,७ र पाँचको आधाउधी भुभाग गरेर करिव ३ सय पचास जति घरधुरी जसले पानीको लागि घण्टौं समय बिताउनुपथ्र्यो, त्यसको सन्दर्भमा अब छिट्टै हामी करिव २ सय ५६ घरधुरी र ८९गरी करिव साढे ३ सय घरधुरीको आसपासलाई एक घर एक धाराका रुपमा सबै घरमा खानेपानी उपलव्ध गराउँछौं ।

सिसीडीएन मकवानपुर र प्रदेश सरकारले यसमा सहयोग गरेको छ भने महिनौं सम्म समुदायले मेहनत गरेका छन् । अबको दुइ तिन महिनामा हामी सबैलाई खानेपानी पु¥याउछौं भने यस अर्थमा यो हाम्रो ठुलो उपलव्धी हुनेछ ।

बाँकी घरधुरीलाई अबको डेढ दुई वर्षभित्रमा ‘एक घर–एक धारा’को नीति कार्यान्वयन गर्छौं । विद्युतीकरण तर्फ केही घरहरुमा विद्युत पुगेको छैन ।

भुकम्प पश्चात नयाँ ठाँउहरुमा घर निर्माण भए । ति ठाँउमा विद्युत पु¥याउनका लागि पालुङ वितरण केन्द्रसंग कुरा भइरहेको छ ।

यहाँ रहेको ११ हजार भोल्टको लाइन जुन छ, त्यो पनि सुरक्षित र व्यवस्थित भएको छैन । त्यसको सुधारको लागि पहल गरिरहेका छौं । काम अघि बढीरहेको छ तर पुर्णता प्राप्त गर्न सकिरहेको छैन ।

पालिकास्तरबाट तपाँइहरुको योजनामा प्रभावकारी सहयोग र समन्वय छ ?

हामी पालिकासंग एकदम नजिकको सहकार्यमा छौं । वडा स्तरमा गर्न सफल काम वडातहबाटै भइरहेको छ , यताबाट संभव नहुने काम पालिका तहमार्फत सहजिकरण भइरहेको छ ।

गाँउपालिकामा प्राप्त हुने निश्चीत बजेटहरु बाहेक पनि विभिन्न समपुरक कोषहरु, ति शिर्षक अन्तर्गत प्राप्त रकमहरु पनि परिचालित गरी हामी काम गर्दैछौं । यसकारण पालिका र वडासंग एक आपसमा अत्यन्त सुसम्वन्ध छ ।

पछिल्लो पटक आएको बाढी पहिरोले कत्तिको क्षती पु¥यायो र त्यसको पुर्नव्यवस्थापनमा के पहल भइरहेको छ ?
पछिल्लो पटक असार अन्तिमतिर आएको पानी र बाढीका कारण हाम्रो वडामा निक्कै क्षति पु¥यायो । त्यो बेला यहाँको किसानहरुको तरकारी उत्पादनको फसल लिने बेला थियो ।

तरकारी उत्पादनलाई बजारसम्म पु¥याएर वर्षभरीका लागि खर्च टार्ने किसानको समय थियो । ति तरकारीहरु बजार पु¥याउनका लागि सडक अवरुद्धको कारणले ठुलो नोक्सानी व्यहोर्नु परेको छ ।

यस वडाबाट करिव १५ वटा भन्दा बढी दैनिक रुपमा गाडिमा तरकारी लाने क्रम हुन्थ्यो । त्यस प्रक्रिया १० दिनजती अवरुद्ध भयो । त्यसले ठुलो समस्या पा¥यो भने यहाँ करिव २ जनाको घर भत्किएको अवस्था रह्यो ।

सामान नै बगाएकाले तात्कालिक रुपमा केही खाद्यवस्तुहरु वितरण ग¥यौं । त्यस्तै करिव २४ घर जोखिममा रहेके अवस्था छ । हामीले गाँउ पालिकाको विपद् व्यवस्थापन समितिको बैठक बसेर वडा तहमा घर घरमा गएर खेतीपाती,जनधन सबैको क्षतिको विवरण संकलन गर्ने काम गरेका छौं ।

सो संकलन गरेर हामीले पालिकामा पेश गरेका छौं । घर, गोठ र शौचालयमा भएको क्षति भने तथ्य एकिन गरी तत्कालै पालिका मार्फत सम्वन्धीत निकायमा पठाइसकेका छौं । समग्रमा कृषीमा निर्भर रहने कृषकहरुलाई यो बाढी पहिरोले निक्कै हदसम्म नोक्सानी पु¥याएको छ ।

यो वडामा पर्यटनका विकासका लागि प्रमुख आकर्षणका केन्द्रहरु के के हुन् ? पर्यटनमैत्री वडा बनाउनका लागि के योजना छ ?

हामी कृषिमा आश्रित रहेको अवस्था छ । कृषिमा पनि तरकारीजन्य वस्तुहरुको उत्पादन र विक्रीवितरण गरी आयआर्जन गरिरहेको सन्दर्भमा कृषिमा विषादी लगायत रासायनीक वस्तुहरुको प्रयोगले तरकारी उत्पादनहरु घट्दै गइरहेको र अहिलेको समयमा अर्गानिक खालको तरकारीहरुको बजारमा माग रहेको, उपभोक्ताहरु सचेत भएर त्यतातिर आकर्षित भइरहेको अवस्था छ ।

यस हिसावले कुरा अगाडि बढिरहँदा हामी अर्गानिक तरकारी उत्पादनको किसिमले पनि लाग्न खोजिरहेका छौं । त्यस्तै आयआर्जनको वैकल्पिक स्रोतको रुपमा पर्यटनलाई जोड्न खोजेका छौं ।

किनभने पर्यटनको सन्दर्भमा हामी काठमाडौंको घना उपस्थिति, जनघनत्व र कोलाहल छिचोल्दै फुर्सदको समयमा यो ठाँउ हुँदै इन्द्रसरोवर सम्म जाने छोटो बाटोको रुपमा रहेको छ । त्यसैले काठमाडौंबाट इन्द्रसरोवर जाने पर्यटकहरुको टा«न्जिटका रुपमा यो ठाँउलाई विकास गर्न सकिन्छ ।

हाम्रो वडा र काठमाडौंको चन्द्रागिरी र किर्तीपुर नगरपालिकाको बीचमा रहेका डाँडाहरुलाई हामीले प्रवद्र्धन गर्ने प्रयास गरिरहेका छौं । जुन ठाँउबाट मनमोहक हिमाली दृष्य देखिन्छ ।

त्यहाँ ऐतिहासिक गुफाहरु रहेका छन् । पर्याप्त हरियाली छ । ति ठाँउहरुलाई पर्यटनसंग जोडेर जाने भन्ने हिसावले हामी लागेका छौं । यससंगै हामी होम स्टे प्रवद्र्धनमा पनि लागेका छौं ।

कृषकले उत्पादन गरेका अग्र्यानिक वस्तुहरु उपभोग र खपत गराउने नीति छ । यो वडामा पर्यटनलाई जोडेर गौरवका योजनाका रुपमा केही योजना अघि सार्दैछौं । यसै वडाको छापडाँडा जुन इको टुरीजमको अत्यन्त संभावना छ ।

त्यसलाई विज्ञहरुको एउटा टोलीद्धारा मास्टर प्लान बनाउन लगाएका छौं । लागत स्टमेट तयार भएको छ । ८ करोडको योजना तयार भएको छ । यसका लागि प्रदेश लगायत माथिल्लो तहमा बजेट माग गरिरहेका छौं । यसबाहेक अन्य स्थानको प्रवद्र्धनमा समेत केन्द्रीत भएका छौं ।

अन्तिममा भन्नै पर्ने केही छ ?

विकासको कुरा गर्दा झट्ट देखिने भौतिक वस्तुलाई मात्र विकास मानिरहेको छ । मान्छेको दैनिक व्यवहार परिवर्तनको कुरा, शिक्षा दिक्षा र सामाजिक जागरणका कुरा पनि विकास हो ।

स्थानीय तहबाट माध्यमिक सम्मको शिक्षा व्यवस्थापन गर्ने जिम्मेवारी आइरहँदा हामीले विविध कारणले स्वविवेक प्रयोग गर्न सक्ने अवस्था छैन ।शिक्षालाई जसरी पनि सबैभन्दा महत्वपुर्ण ठानेर अगाडि बढाउनुपर्छ । आधारभुत शिक्षामा थप जोड दिनु आवश्यक छ । यसमा सबैले ध्यान दिऔं ।  साभाारः दामन पाोष्ट अनलाइनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*