भारतको नयाँ नक्सामा कालापानी भारततिर पर्नु आपत्तिजनक-कमल थापा

बाइलाइन नेपाल
१९ कार्तिक २०७६, मंगलवार १०:१७

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानीलगायतका क्षेत्र भारतमा परेको देखिएकोले त्यसमा सशक्त प्रतिवाद गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले आज बिहान ट्विट गर्दै भनेका छन्,‘‘कालापानी, लिपुलेक नेपालको अविभाज्य भूमि हो । भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर विरोध गर्दै आएको छ । हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ । यो आपत्तिजनक र अस्वीकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न नेपालका प्रधानमन्त्रीको ध्यान जाओस् ।’’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*