प्रदेश सांसद छाडेर संघको माननीय बन्न दौडधूपमा

बाइलाइन नेपाल
६ माघ २०८२, सोमबार १८:३६

हेटौंडा । बागमती प्रदेशका लागि निर्वाचित भएका प्रदेशसभा सदस्य (सांसद) हरु धमाधम प्रतिनिधिसभाको सांसाद बन्ने दौडधूपमा लागेका छन् । कार्यकाल नसकिदै प्रतिनिधिसभाको निर्वाचन आएपछि बागमती प्रदेशसभाका सांसदहरु राजीनामा दिँदै संघको उम्मेदवार बन्न थालेका छन् ।

माघ ६ गते प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार मनोनय रहेकाले निर्वाचनमा उम्मेदवार बन्ने सांसदहरु प्रदेशसभाबाट राजीनामा दिइरहेका छन् । समाचार तयार पार्दासम्म बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका छन्।

राजीनामा दिनेमा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेकपा एमालेका अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का युवराज दुलाल र वसन्तप्रसाद मानन्धर, र राप्रपाका सुनिल केसी रहेका छन्।

काफ्लेले हेटौँडामा उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा बुझाएका छन् भने बाँकीले प्रदेशसभाको जिमेलमार्फत राजीनामा पठाएको जनाइएको छ । केसीबाहेक सबै सांसद प्रदेशको मन्त्री भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*