प्रगतिशील मकवानपुरको इञ्चार्जमा सिम्खडा, अध्यक्षमा ढकाल
हेटौंडा । प्रगतिशील लोकतान्त्रिक पार्टी मकवानपुरले इञ्चार्ज र जिल्ला अध्यक्ष चयन गरेको छ । हेटौंडामा शुक्रबार केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्जएवम सदस्यहरूको उपस्थितिमा भएको बैठकले जिल्ला इञ्चार्ज, जिल्ला अध्यक्ष र उम्मेदवारको टुंगो लगाएको हो ।
प्रदेश कमिटीको पुस २० गतेको परिपत्र अनुसार जिल्लाको इन्चार्जको जिम्मेवारीमा राजेन्द्र सिम्खडा (दारिबा) र जिल्ला अध्यक्षमा ध्रुवराज ढकाललाई जिम्मेवारी प्रदान गरेको हो। बैठकले जिल्लामा संगठन सुदृढीकरणका लागि छिट्टै जिल्ला एकता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
फागुन २१ गते हुन लागेको संघीय निर्वाचन क्षेत्रका उम्मेदवारहरुको पनि सर्वसम्मत रुपमा चयन गरेको छ । जसमा संघीय निर्वाचन क्षेत्र नं.१ को लागि तेजप्रसाद उप्रेती (रमेश) र तुफान बिक्रम क्षेत्री (दिपशक्ति) तथा निर्वाचन क्षेत्र नं.२ को लागि सन्तोष विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीको निवाचन क्षेत्र इन्चार्जको जिम्मेवारी तोक्ने र आसन्न निवाँचनको लागि परिचालन कमिटी पनि छिट्टै निर्माण गर्नेलगायतका रणनीतिक निर्णयहरू पनि बैठकबाट पारित गरिएको छ।
बैठक पार्टीका केन्द्रीय सदस्य एवम स्कुलिङ विभाग प्रमुख सोनामसिं स्यान्ताङ (विजय) रहेको प्रमुख आतिथ्यतामा बसेको थियो । उनले पार्टीको आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले गरिएका यी निर्णयहरूले संगठनलाई एकताबद्ध र मजबुत बनाउने विश्वास व्यक्त गरे ।
जिल्ला इञ्चार्ज सिम्खडाको अध्यक्षतामा भएको बैठकमा विशिष्ट अतिथि पार्टीका केन्द्रीय सदस्य एवम बागमती प्रदेश सहइन्चार्ज अनिल शर्मा, केन्द्रीयय सदस्य एवम विशेष प्रदेश सहइन्चार्ज सन्तोष विष्ट,केन्द्रीय सदस्य एवम युवा विभाग इन्चार्ज प्रकाश पाण्डे (परलोक) केन्द्रीय सदस्य एवम मुस्लिम मोर्चा इन्चार्ज इजाहार आलाम, केन्द्रीय सदस्य बिष्णुहरि ढकाल,तुफान बिक्रम क्षेत्री,निर्बाचन क्षेत्र २ नम्बर इन्चार्ज तेजप्रसाद उप्रेती (रमेश)लगायतको उपस्तिथि रहेको थियो।
यस्तै बैठकमा बगमती प्रदेश कमिटी सदस्यहरु प्रकाश मैनाली,दुर्गा कुमारी रमौली मगर,निखिल उप्रेती,राम पुडासैनी,सन्दिप ढुङाना,गोपाल तामाङ,नरेश महर्जनलगायतको उपस्थि रहेको थियो।

बाइलाइन नेपाल











