दलित पत्रकार संघ बागमती अध्यक्षमा परियार

बाइलाइन नेपाल
१६ पुष २०८२, बुधबार १३:०२

हेटौंडा । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बागमती प्रदेशको अध्यक्षमा पत्रकार वसन्त परियार चयन भएका छन् । संघको मंगलबार आयोजित प्रथम अधिवेशनले परियारको नेतृत्वमा १९ सदस्य समिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा विष्णु विक, चण्डिका नेपाली र सचिवमा गोपाल विश्वकर्मा चयन भएको जनाइएको छ ।

अधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरेका थिए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री जीतु गौतम, दलित मुक्ति मोर्चाका अध्यक्ष तथा पूर्वमन्त्री दलजीत श्रीपाइलीले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*