चेपाङ समुदायबाट समानुपातिक बन्दसूचीमा तीन जना

बाइलाइन नेपाल
१६ पुष २०८२, बुधबार १२:३७

हेटौंडा । आगामी फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरुले निर्वाचन आयोगमा बुुझाएको बन्दसूूचीमा चेपाङ समुदायबाट तीनजनाको नाम समावेश भएको छ।

चेपाङ समुदायबाट उम्मेदवार बनाउनेमा दुईवटा पुराना र एक नवगठित पार्टी रहेका छन् । जसमा चितवनका दुईजना र मकवानपुरका एकजना रहेका छन् ।

संविधानसभा सदस्य तथा नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बन्दसूची अध्ययन गर्दा नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र गतिशिल लोकतान्त्रिक पार्टी (गलोपा) ले एकरएकजनालाई बन्दसूचीमा राखेको पाइएको बताए । उनका अनुसार एमालेले चितवन शक्तिखोरका सन्तबहादुर चेपाङ र कोराकका विश्वास चेपाङलाई बन्दसूचीमा राखेको छ ।

त्यसैगरी नेकपाले मकवानपुर मनहरीका मंगलसिंह चेपाङलाई बन्दसूचीमा राखेको पनि अध्यक्ष गोविन्दराम चेपाङले बताए ।

चेपाङहरु मुख्यरुपमा चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लाको पहाडी भेगमा बसोबास गर्दछन् । २०७८ सालको जनगणना अनुसार देशभर चेपाङको जनसंख्या ८४ हजार ३६४ छ । सवैभन्दा धेरै चितवनमा ३५ हजार ६३७ चेपाङ बसोबास गर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*