नेकपा मकवानपुरबाट उम्मेदवारमा नयाँदेखि पुराना नेतासम्म सिफारिस

बाइलाइन नेपाल
१२ पुष २०८२, शनिबार २०:००

हेटौंडा। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट मकवानपुरले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका आकांक्षीहरुको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभातर्फ दुुई क्षेत्र रहेको मकवानपुरबाट नेकपाले पुरानादेखि नयाँ युवाहरुलाई समेत उम्मेदवारका रुपमा माथिल्लो कमिटीमा सिफारिस गरेको जनाइएको छ । पार्टी तथा बाह्रय क्षेत्रमा पक्कड राख्ने युवादेखि प्रतिनिधिसभाका पूर्व सांसद, वर्तमान प्रदेशसभा सदस्य देखि पालिका अध्यक्ष, उपाध्यक्षहरुले समेत प्रत्यक्षतर्फ आकांक्षी देखिएका छन् ।

मकवानपुरको क्षेत्र नम्बर १ का लागि पुराना नेता विरोध खतिवडादेखि युवा नेता विजय गौतमसम्म सिफारिस भएका छन्। खतिवडा विगतमा पटकपटक सांसद भएका नेता हुन् भने गौतम साविक नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज हुन्। पूूर्व सांसद खतिवडा भने मकवानपुुरको क्षेत्र नम्बर २ मा पनि सिफारिस भएका छन् ।

क्षेत्र नम्बर १ बाट वहालवाला जनप्रतिनिधिसहित १३ जना र क्षेत्र नम्बर२ मा वहालवाला जनप्रतिनिधि ८ जनाको नाम आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारमा सिफारिस भएको छ ।

मकवानपुर क्षेत्र नम्बर १ बट सिफारिस हुनेमा विरोध खतिवडा, विजय गौतम, घनप्रसाद गौतम, प्रल्हाद लामिछाने, भीम पाख्रिन, सोमबहादुर थिङ , किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना, बीरबहादुर थिङ् रहेका छन्। सिफारिस हुनेमा वहालवाला प्रदेससभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान र जिल्ला समन्वय प्रमुख ललित घलान समेत रहेका छन्।

त्यसैगरी मकवानपुर क्षेत्र नम्बर २ मा विरोध खतिवडा , रामनारायण बिडारी, बीरबहादुर घलान, लवशेर विष्ट, सागर उप्रेती , किशोर बर्तौलाको नाम सिफारिस छ। त्यस्तै सिफारिस हुने अन्यमा वहालवाला प्रदेशसभा सदस्य कुमारी मोक्तान , राक्सिराङ गॅाउपालिका उपाध्यक्ष वनस्थम् थिङ समेतको नाम रहेको छ।

यसैगरी समानुपातिकतर्फ मुनु सिग्देल, प्रमिला लामा पुलामी , लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्याङ्तान शिफारिस भएका छन्। समानुपातिक तर्फ बिभिन्न क्लस्टर अन्तर्गत शिफारिस हुने अन्यमा कृष्ण चेपाङ , रामेशकुमार राई दनुवार, रामचन्द्र बल, जीवन लामा, सन्तोष कुमार तामाङ् , बालकृष्ण चौलागाई, रामहरि सुवेदी, कृष्णप्रसाद चौलागाई र कृष्ण घिमिरे रहेका छन्।

साथै आसन्न राष्ट्रिय सभाको निर्वाचनको लागि तारानाथ खतिवडा, बिष्णुमाया लामा र दिलबहादुर स्यांग्बोको नाम सिफारिस भएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*