साथीको बन्दुक पड्किदा ठहरै

बाइलाइन नेपाल
३० मंसिर २०८२, सोमबार १४:१९

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर –६ सिस्नेरी पाखामा आइतबार सिकार खेल्न गएका दुई जनामध्ये एकजना ठेस लागेर लड्दा उनले बोकेको भरुवा बन्दुक पड्केर लाग्दा साथीको मृत्यु भएको छ ।

राक्सिराङ गाउपालिका –८ का ४५ वर्षीय गोपाल ब्लोन जंगलमा हिँडिरहँदा लहरामा अल्झेर लड्दा पछाडि सँगै हिँडिरहेका मनहरी–६, बालुभञ्ज्याङका ५० वर्षीय सेते थिङको मृत्यु भएको छ। प्रहरीका अनुसार, दुवैले भरुवा बन्दुक बोकेका थिए र ब्लोन लड्दा उनको बन्दुक पडिक्एर पछाडि रहेका थिङको मृत्यु भएको हो ।

ब्लोनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय मनहरीमा ल्याएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दीपक थापाले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*