बागमतीका सभामुख पाठकको राजीनामा स्वीकृत
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको राजीनामा स्वीकृत गरिएको छ ।
प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी गर्दै सभामुख पाठकले गत भदौ १ गते नै राजीनामा दिएको जानकारी गराएका थिए । सभामुख पाठकले उपसभामुख अप्सरा चापागाईलाई सम्बोधन गरी पदबाट राजीनामा दिएका थिए ।
उनी राप्रपाबाट प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित भएका थिए । राजीनामा दिएका मितिबाट नै सभामुख पाठकको राजीनामा स्वीकृत भएको र प्रदेशसभा संचालन नभएको अवस्था भएकाले प्रदेशसभा सदस्यहरुको जानकारीका लागि सूचना जारी गरेको प्रदेशसभा सचिव रामकुमार पौडेलले जनाएका छन् ।

बाइलाइन नेपाल











