बालश्रममा संलग्न पाँच बालकको हेटौंडाबाट उद्धार

बाइलाइन नेपाल
६ मंसिर २०८२, शुक्रबार ०८:११

बालश्रममा संलग्न ५ जना बालकलाई हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाबाट उद्धार गरिएको छ । अनुगमनको क्रममा विभिन्न व्यवसायिक संस्थाबाट बालश्रममा संलग्न रहेका बालकाहरुलाई उद्धार गरिएको हो ।

बालमैत्री पालिका घोषणा भइसकेको हेटौंडा उपमहानगरपालिकामा बालश्रम अनुगमन गरिएको थियो । हेटौंडाको २, ४, ११ र १९ नम्बर वडामा रहेका मोटरसाइकल वर्कशप, होटल, क्याण्डी उत्पादन कम्पनीलगायतमा अनुगमन गरिएको सिविन बालहेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले बताए ।

अनुगमनका क्रममा हेटौंडा–११ मा रहेको अब्दुलाल बडी विल्डर वर्कशपमा सात महिनादेखि कार्यरत १५ वर्षीय बालक, हेटौंडा–४ स्थित समिर मोटरसाइकल वर्कशपमा एक वर्षदेखि कार्यरत १२ र १५ वर्षीय बालक, हेटौंडा–११ मा रहेको उद्योगबाट उत्पादित कटन क्याण्डी हेटौंडा–४ बाट बेच्दै गरेको अवस्थामा १० वर्षीय बालकलाई उद्धार गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*