बागमती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस

बाइलाइन नेपाल
६ मंसिर २०८२, शुक्रबार ०८:०७

बागमती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरिएको छ । बुधबार हेटौंडामा बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार चालु अधिवेशन बिहीबार मध्यरातबाट अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको जानकारी दिए ।

सरकारले वर्षे अधिवेशनबाटै प्रदेशसभा रिक्त रहेको सभामुख चयन गर्ने तयारी गरे पनि सत्तारुढ कांग्रेस–एमालेबीच सहमति नजुट्दा त्यो सम्भव भएन । जेन-जी आन्दोलनपश्चात् तत्कालीन सभामुख भुवन पाठकले राजीनामा दिएपछि प्रदेशसभामा हाल सभामुख पद रिक्त छ ।

प्रदेशसभा बसेको १५ दिनभित्रमा सभामुख चयन गर्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण बैठक राख्न कांग्रेस नेतृत्वको सरकारलाई सकस भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*