भीमफेदी गाउँपालिकाद्वारा अदालतलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

बाइलाइन नेपाल
२ आश्विन २०८२, बिहीबार ०९:५०

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाद्वारा उच्च अदालत पाटन हेटौंडा इजलासका लागि कम्प्युटरका सामाग्री हस्तान्तरण गरिएको छ ।

जेन–जी आन्दोलनका कारण उच्च अदालत पाटन हेटौंडा इजलासको भवन र भित्र रहेका धेरैजसो सामाग्री जलेर नष्ट भएका थिए । त्यसै कारणले गर्दा अदालतका काम गर्न असहज भइरहेको समयमा भीमफेदी गाउँपालिका कार्यालयले कम्प्युटर दुई थान, प्रिन्टर ३ थान हस्तान्तरण गरिएको हो ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले उच्च अदालत पाटन हेटौंडा इजलासका उपरजिष्टार बद्रीप्रसाद लामिछानेलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष संजिव श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत जीवन कुँवर, अदालतका अधिकृत जयप्रकाश घिमिरेलगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*