संविधान बचाउन बुद्धचोकमा अखिल क्रान्तिकारीको खबरदारी
हेटौंडा । संविधान दिवसको १०औँ वार्षिकोत्सवका अवसरमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अखिल (क्रान्तिकारी) मकवानपुरले आज हेटौंडाको बुद्धचोकमा संविधान माथिको हस्तक्षेप विरुद्ध खबरदारी गरेको छ ।
विद्यार्थी संगठनले ठूलो संघर्ष र त्यागबाट प्राप्त वर्तमान संविधानको जगलाई जिवित राख्दै यसमा क्रान्तिकारी, अग्रगामी परिवर्तन आवश्यक रहेको भन्दै शान्तिपूर्ण ¥यालीसहित प्रर्दशन गरेको हो । अखिल क्रान्तिकारीले बुद्धचोकमा ¥यालीतथा संविधान बचाउन माग्ग गरिएका विभिन्न प्लेकार्डसहित प्रर्दशन गरेको थियो ।
विद्यार्थी संगठनका जिल्ला अध्यक्ष वद्धराज अर्यालको नेतृत्वमा आयोजित शान्ति र्यालीमा नेकपा माओवादी बागमती प्रदेश कमिटी सदस्य विवेक राई, माओवादीका जिल्ला नेता महेश सिग्देल, क्रान्तिकारीका केन्द्रीय सदस्य तथा पूर्व विद्यार्थी नेताहरु,अखिल क्रान्तिकारी जिल्ला कमिटी सदस्य,पत्रकार, प्राध्यापक, बुद्धिजीवी तथा सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा कुनै नारा, जुलुस वा सम्बोधन नगरी सहभागीहरूले हातमा विभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्डसहित बुद्धचोकमा आधा घण्टा मौन बसेर संविधान माथिको हस्तक्षेप स्विकार्य नभएको भन्दै मौन खबरदारी गरेका थिए।
देशमा भर्खरै सम्पन्न जेनजी आन्दोलनमा सहादत प्राप्त सहिदहरूको सम्झनामा यो दिवस मौन र शान्तिपूर्ण ढंगले मनाइएको जिल्ला अध्यक्ष अर्यालले बताए। उनले संविधानले दिएका उपलब्धिहरूलाई संस्थागत गर्दै आवश्यक संशोधनमार्फत संविधानलाई थप जनमुखी र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए।

बाइलाइन नेपाल











